Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

सान्भि इनर्जी लिमिटेड

सान्भि इनर्जीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

सान्भि इनर्जीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

मेरो सेयर अनलाइन मार्फत पनि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

  • काठमाडौं । सान्भि इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ करोड १५ लाख ३० हजार रूपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।

    AGNI GROUP

    आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरिसकेको छ ।दोस्रो चरणमा सर्वसाधारणमा जारी हुने बाँकी कित्ता आईपीओ जेठ १३ गतेसम्म निष्कासन हुनेछ ।

    बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका अनुसनर सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा जेठ २३ गतेसम्म निष्कासनमा रहने छ ।

    बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका कार्यालय मार्फत आवेदन दिन सकिनेछ । मेरो सेयर अनलाइन मार्फत पनि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

    कम्पनीले ८ करोड ८० लाख रूपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र २ करोड ९१ लाख रूपैयाँ बराबरको २ लाख ९१ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि यसअघि नै निष्कासन गरेको थियो।

    त्यसैगरी, कम्पनीले १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरूका लागि र ५८ हजार २०० कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि बाँडफाँट गरिसकेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट