Logo

May 25 2025 | २०८२, जेठ ११ गते

May 25 2025 | २०८२, जेठ ११ गते

दुर्घटना

दुर्घटना हुदाँ ३ जनाको मृत्यु ,२ जना घाइते

दुर्घटना हुदाँ ३ जनाको मृत्यु ,२ जना घाइते

घाईते हुने दुईजनाको अवस्था भने मध्यम नै रहेको छ ।

  • काठमाडौं । तनहुँको दमौली नजिकै मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।

    images
    images
    images

    शनिबार राति करिब साढे ११ बजेतिर दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग २ च ५७६० नम्बरको जिप पुलबाट नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनकारी दिएको छ ।

    images

    प्रहरी कार्यालय तनहुँका अनुसार पाँच जना सवार जिप दुर्घटनामा पर्दा व्यास नगरपालिका–५ निवासी कुशल मगर, प्रविन मगर र कुमार मगरको ज्यान गएको र चालक रोहित गुट्टा र धिरज रौनिहार घाइते भएका छन् । घाईते हुने दुईजनाको अवस्था भने मध्यम नै रहेको छ ।

    दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij