Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

गणतन्त्र दिवस

गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्यरुपमा मनाउन प्रधानमन्त्रीको आग्रह

गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्यरुपमा मनाउन प्रधानमन्त्रीको आग्रह

जेठ १५ गतेको गणतन्त्र दिवस मनाउन प्रधानमन्त्री ओलीको अध्यक्षताका मूल आयोजक समितिको समेत गठन गरेको छ ।

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई जनस्तरमा समेत भव्यरुपमा मनाउन आग्रह गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रेस चौतारी नेपालका पदाधिकारी र सचिवालय सदस्यसँग सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले जनताको सङ्घर्षको प्रतिफलका रुपमा प्राप्त गणतन्त्र दिवसलाई सरकारीस्तरका साथै जनस्तरबाट पनि मनाउन आग्रह गरेका हुन् ।

    AGNI GROUP

    नेपाल सरकारले यही जेठ १५ गतेको गणतन्त्र दिवस मनाउन प्रधानमन्त्री ओलीको अध्यक्षताका मूल आयोजक समितिको समेत गठन गरेको छ ।

    ‘गणतन्त्र दिवस, जनताको दिवस हो । यसलाई जातजातिगत विविध बाजागाजा र झाँकीसहित हरेक ठाउँबाट उत्सवका रुपमा मनाउनुपर्छ ।’, प्रधानमन्त्री ओलीले भने, ‘जनताले लडेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका पक्षमा हामी छौँ र यसका लागि सञ्चार क्षेत्रबाट जनताका बीचमा सही सूचना दिएर प्रचारप्रसार गरिनुपर्दछ ।’

    सोमबार सम्पन्न एमालेको सचिवालयको बैठकले पनि गणतन्त्र दिवसलाई सांस्कृतिक झाँकी सहित मनाउने निर्णय गरेको थियो । सो निर्णयको कार्यान्वयनका क्रममा सञ्चार माध्यम र डिजिटल मिडियामा समेत प्रचार प्रसार गर्नुपर्नेमा प्रधानमन्त्री ओलीको जोड दिए ।

    उनले आफूलाई देशभक्तहरु प्यारो लाग्ने र देशद्रोही तथा प्रतिक्रियावादीहरु मन नपर्ने स्पष्ट गर्दै जस्तो सुकै प्रतिकूल अवस्थामा पनि सत्य र परिवर्तनका पक्षमा सम्झौता नगर्न आग्रह गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट