Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

खोप सुनिश्चिता र दिगोपना जिल्ला

रोल्पा पूर्ण खोप सुनिश्चित घोषित

रोल्पा पूर्ण खोप सुनिश्चित घोषित

अध्यक्ष दुर्गा लक्ष्मी श्रेष्ठले रोल्पालाई पूर्ण खोप सुनिश्चित र दिगोपना प्रमाणीकरण गरिएको घोषणा गरिन् ।

  • काठमाडौं । रोल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चिता र दिगोपना जिल्लाका रुषमा घोषित गरिएको छ । १० वटा स्थानीय तहमै खोप सुनिश्चितता गरिएकाले जिल्ला समन्वय समितिको आयोजनामा शनिबार रोल्पालाई घोषणा गरिएको हो । 

    onlinepatrika
    Arghakhachi

    सबै तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका लागि नियमित पहल थाल्ने घोषणा कार्यक्रममा प्रतिबद्धता गरिएको छ । लुम्बिनी प्रदेश खोप समन्वय समितिकी अध्यक्ष दुर्गा लक्ष्मी श्रेष्ठले रोल्पालाई पूर्ण खोप सुनिश्चित र दिगोपना प्रमाणीकरण गरिएको घोषणा गरिन् ।

    AGNI GROUP

    यसअघि जिल्लाका १० वटै तहमा विभिन्न कार्यक्रम गरेर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम घोषणा गरिसकिएको जिल्ला खोप समन्वय समितिकी अध्यक्ष एवं जिल्ला समन्वय समिति रोल्पाकी प्रमुख सीता आचार्यले बताइन् । उनले नै स्वास्थ्य कार्यालयका निमित्त प्रमुख सीता कवरलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरिन् । आर्थिक वर्ष २०८०/०८१ मै जिल्लाका सबै बालबालिका लाई पूर्ण खोप पाएको सुनिश्चितता गरिएको थियो । स्वास्थ्य कार्यालयका अनुसार राष्ट्रिय खोप तालिका अनुसार रोल्पाका सबै बालबालिकाले सबै प्रकारका खोप पाइसकेका छन् ।

    जिल्लामा १५ महिनाभित्रका ४ हजार ८ सय ४७ बालबालिका छन् । उनीहरु सबैले खोप लगाइसकेका छन् । यस्तै १६ देखि ५९ महिनाका १४ हजार ३ सय ३ बालबालिका छन् । उनीहरुले पनि खोप पाएका छन् । यस्तै १२ हजार ८ सय २ महिलाहरू लाई पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप लगाइएको हो । यस अभियानका लागि जिल्लामा २ सय २० खोप केन्द्र तय गरिएको थियो र हरेक महिनामा २ सय २४ स्थानमा उक्त खोप सेवा निरन्तर चलिरहेको छ ।

    सरकारको नीतिबमोजिम रोल्पालाई २०७५ माघ २५ गते पहिलोपटक पूर्ण खोप सुनिश्चित भएको जिल्लाका रुपमा घोषित गरिएको थियो । नेपालमा भने सरकारले २०६७ देखि खोप सेवा प्रभावकारी बनाउन र पूर्ण खोप घोषणा गर्ने अवधारणा ल्याएको थियो । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट