Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिने अवस्था सिर्जना गर्ने बताएका छन्।
मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गृहमन्त्रीसँग मात्रै नभइ सरकारसँग पनि सम्बन्धीत रहेकाले बिपक्षी दलले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्ने बताएका हुन्।
गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएपछि माओवादी केन्द्र, राप्रपा, रास्वपा लगायतले राजीनामाको माग गरिरहेका छन्।
तर नेपाली कांग्रेसले भने सो प्रकरणमा गृहमन्त्रीको कुनै संलग्नता नरहेको भन्दै राजीनामा दिनु नपर्ने बताएका छन्। सोमबार बसेको कांग्रेस पदाधिकारी बैठक भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता नरहेको भन्दै राजीनामा दिनु नपर्ने निष्कर्ष निकालेको हो।
उता सोमबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले भिजिट भिषा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा दिनु पर्ने माओवादीले निष्कर्ष निकालेको थियो।
बैठकमा पछि माओवादी प्रवक्ता अग्ति सापकोटाले भने, ‘हाम्रो पार्टीको आज बसेको बैठकले पनि के निष्कर्ष निकालेको छ भने गृह मन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ।’
भिजिट भिसामा विदेश पठाउनेहरुसँग रकम असुली गरेको आरोपमा अध्यागमनका प्रमुख तीर्थराज भट्टराई पक्राउ परेका थिए। उनले उक्त पैसा गृहमन्त्रीसमेत लाई बुझाउने गरेको बयान दिएपछि अहिले रमेश लेखकको चौतर्फ आलोचना भइरहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij