Logo

Aug 08 2025 | २०८२, साउन २३ गते

Aug 08 2025 | २०८२, साउन २३ गते

श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ

कोटिहोममा जेठ १६ गते राधिका दासीले कथा बाचन गर्ने

कोटिहोममा जेठ १६ गते राधिका दासीले कथा बाचन गर्ने

श्रीमद देवीभागवत कथा वाचीका तथा समाजसेवी भागवत मञ्जरी राधिका दासी कथा वाचन गर्न आउने भएकी छन् ।

  • काठमाडौँ। पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा जेठ १६ गते नेपालकी ख्यातिप्राप्त आध्यात्मिक व्यक्तित्व, श्रीमद देवीभागवत कथा वाचीका तथा समाजसेवी भागवत मञ्जरी राधिका दासी कथा वाचन गर्न आउने भएकी छन् । १६ गते पोखरा आए पनि जेठ १७ गते बाट कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।

    images
    images
    images

    ऐतिहासिक श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ २०८२ मा जेठ १७ देखि जेठ २६ गतेसम्म राधिका दासी कथा वाचन गर्ने प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

    images

    मोरङमा जन्मिएकी भागवत मञ्जरी राधिका दासीले महायज्ञमा १० दिन सम्म श्रीमद देवीभागवत कथा वाचन गर्ने छिन् । जेठ १४ गते आउने कार्यक्रम भएता पनि समय व्यस्तताले १६ गते देखि आउने कार्यक्रम तय भएको ढकालले जानकारी दिए ।

    भागवत मञ्जरी राधिका दासीले इतिहासमा यस्तो सय कुण्ड भएको यज्ञ होम होमादी हुने ठाउमा कथा वाचन गर्न आउन पाउँदा आफूलाई भाग्यमानी ठानेकी छन् ।

    जारी कोटिहोममा जेठ १० गते देखि पुन अन्तर्राष्ट्रिय कथा वाचीका देवी प्रतिभाले कथा वाचन गरिरहेकी छन् । देवी प्रतिभाले जेठ १६ गते सम्म कथा वाचन गर्ने छिन भने उनको बिदाइसँगै भागवत मञ्जरी राधिका दासी कथा वाचन गर्ने छिन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij