Logo

May 29 2025 | २०८२, जेठ १५ गते

May 29 2025 | २०८२, जेठ १५ गते

ढुङ्गा खस्दा एक जनाको मृत्यु, एक घाइते

ढुङ्गा खस्दा एक जनाको मृत्यु, एक घाइते

  • काठमाडौँ । नौगाड गाउँपालिका–६ धुलिगडाबाट बझाङतर्फ पैदलयात्रा गरिरहनु भएका ७० वर्षीय कालु जोशीको ढुङ्गाले लागेर मृत्यु भएको छ । उहाँको आज बिहान मृत्यु भएको हो । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्र रावतका अनुसार जोशीको घटनास्थलमै मृत्यु भएको हो बाटोमा हिँडिरहेका उहाँ माथि रतपडे भन्ने ठाउँमा माथिबाट खसेको ढुङ्गा लागेको हो । 

    images

    ढुङ्गाले लागेर नौगाड गाउँपालिका–६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते हुनुभएको छ । उहाँलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पठाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij