Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

धावनमार्ग

मझगाउँ विमानस्थलको धानवमार्ग कालोपत्र

मझगाउँ विमानस्थलको धानवमार्ग कालोपत्र

  • काठमाडौं । महेन्द्रनगर स्थित निमार्णधिन मझगाउँ विमानस्थलको एक हजार ३०० मिटर धावनमार्ग कालोपत्र गरिएको छ। विमानस्थलको एक हजार ५२५ मिटर धावनमार्ग मध्ये एक हजार ३०० मिटर धावनमार्ग कालोपत्रे गरिएको मझगाउँ विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले जानकारी दिए।

    onlinepatrika
    Arghakhachi

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनामातहत रहेको २२५ मिटर जमिन प्राप्तीमा ढिलाइ भएपछि निर्माण कम्पनीले एक हजार ३०० मिटर मात्रै कालोपत्र गरेको हो। अहिले विमानस्थल लाई सेनाले प्रयोग गरिरहेको जग्गा प्राप्त भएपछि बाँकि रहेको धावनमार्ग निमार्णको काम सुरु तयारी गरिएको छ।

    AGNI GROUP

    ‘धावनमार्गको २५० मिटर जग्गा नेपाली सेनाले प्रयोग गर्दै आइरहेको थियो त्यसमा पनि हामीले काम गर्नका लागि अनुमति पाइसकेका छौं,’ विमानस्थल आयोजना प्रमुख ओझाले भने, ‘अब जग्गा प्राप्तीमा कुनै विवाद छैन केही दिनमा काम सुरु हुन्छ।’ उनले विमानस्थलको ६१ प्रतिशत काम सम्पन्न भइसकेको बताए। विमानस्थलको धानवमार्ग कालोपत्रेको काम असार भित्र सक्ने लक्ष्य राखिएको छ।

    पहिलो चरणको धावन मार्ग निर्माणको काम सकिएपछि नागरिक उड्डयन प्राधिकरणले दोस्रो चरणमा टर्मिनल भवन निर्माणका लागि तयारी गरिरहेको विमानस्थल प्रमुख ओझाले बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट