Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौ । समग्र श्रमिकहरु सम्मिलित श्रमिकहरुको विश्वको सर्वोच्च संस्था ईन्टरनेशनल टेड युनियन कन्फेडेरेशनका महासचिव लुक ट्रयांगललाई कन्फेडेरेशनको प्रधान कार्यालय ब्रसेल्समा नेपाल टेड युनियन कांगे्रसका महासचिव अजय कुमार राइले भेटवार्ता गरेका छन् ।
महासचिव राइले नेपालको श्रमिक आन्दोलन र वर्तमान अवस्थामा नेपाली श्रमिक आन्दोलनमा रहेको समस्याबारे जानकारी गराए ।
नेपालमा सबै राजनीतिक दलहरु तथा नीतिगत निर्णय गर्ने निकायहरुमा रोजगारदाताहरुको प्रभाव बढेको र श्रमिकहरुको प्रभाव बढाउनेतर्फ राजनीतिक दलहरु उदासिन भएको राइले महासचिव ट्रयांगललाई जानकारी गराए ।
त्यस्तै हालैमा करिब एक महिना भन्दा बढी समय आफनो अधिकारका लागि गरिएको काठमाडौं केन्द्रित शिक्षक आन्दोलनलाइ पनि सरकारले खासै महत्व नदिएको, बैंक तथा वित्तिय संस्थाप्रति अदालतको आदेश अनुुसार श्रम कानुनले प्रभाव नपार्ने भनि गरिएको निर्णयले सो क्षेत्रको श्रमिक आन्दोलनप्रति हुन जाने समस्या, पर्यटन , होटल क्षेत्रमा खाइपाइ आएको दश प्रतिशत सेवा शुल्कबारे पनि अदालतको निर्णयले पारेको असर साथै वैदेशिक रोजगारमा गएका नेपालीहरुको समस्याप्रति पनि राईले बताएका थिए ।
त्यस्तै, जलवायु परिवर्तनले पनि नेपाली श्रमिकहरुलाई पार्ने असर तथा त्यसको न्यायोचित रुपान्तरण पनि हुन नसकेकोप्रति युनियनहरु संवेदनशील रहेको बताएका थिए ।
नेपालमा श्रमिक समस्याहरुलाई मध्यनजर गर्दै भविष्यमा नेपाल भ्रमण गरेर नेपाली श्रमिकहरुलाई उर्जा प्रदान गर्न भनि कन्फेडेरेशनका महासचिव लुक ट्रयांगललाई टेड युनियन कांगे्रसका अध्यक्ष योगेन्द्र कँ'वरबाट दिइएको भ्रमणको निम्तो पत्र पनि महासचिव राईले प्रदान गरेका थिए ।
सो क्रममा श्रमिकहरुप्रति हुने कुनैपनि अन्याय तथा समस्याप्रति कन्फेडेरेशनका बिस करोड ७० लाख श्रमिकहरुको ऐक्यबद्धता रहेको र आफनो अनुकुलता हेरेर आफु नेपाल आउने प्रतिबद्धता पनि महासचिव लुकले जानकारी गराएका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij