
May 30 2025 | २०८२, जेठ १६ गते
काममाडौं । सरकारले आगामी आर्थिक वर्षमा वितरण गरिने समाजिक सुरक्षा भत्ताका लागि एक खर्ब नौ अर्ब विनियोजन गरेको छ ।
जबकी रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जम्मा बजेट ४ अर्ब २८ करोड विनियोजन गरिएको छ ।
सरकारले सामाजिक सुरक्षामा कडाइसमेत गरेको छ । संघीय सरकारबाट दिइने रकममा स्थानीय र प्रदेश सरकारले थप गर्न नपाइने बजेटमा व्यवस्था गरिएको छ ।
यस्तै सामाजिक सुरक्षा भत्ता लिनेले क्रमशः राष्ट्रिय परिचयपत्र बनाउनुपर्नेछ । ज्येष्ठ नागरिक र अपांगता भएकाहरूका लागि घुम्ती शिविरबाट परिचयपत्र वितरण गरिनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij