
May 30 2025 | २०८२, जेठ १६ गते
काठमाण्डौ । सरकारले आउँदो आर्थिक वर्षदेखि वृद्धभत्ता पाउने उमेर बढाउने चर्चा भए पनि नबढाउने भएको छ ।
आउँदो आर्थिक बर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वृद्ध भत्ताको उमेर बढाउने घोषणा नगर्नुभएको हो ।
अहिले वृद्धभत्ता पाउने उमेर ६८ वर्ष रहेको छ । सरकारले समाजिक सुरक्षाका लागि एक खर्ब नौ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
अर्थमन्त्री पौडेलले छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने र सबै सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने बताउनुभयो ।
जेष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचयपत्र प्रदान गरिने उहाँको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij