Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । जगरनाथपुर गाउँपालिका-१ टाँडीबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्राम गएराति प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी पाण्डेपुरबाट खटिएको प्रहरीलाई देख्ना साथ नेपालबाट भारततर्फ जाँदै गरेको बिआर ०५ एजे ९०७० नम्बरको मोटरसाइकल छाडि चालक फरार भएपश्चात् मोटरसाइकल तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
प्रहरीले हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij