Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । जेठ २४ (७ जून २०२५) गतेका दिन ‘फुड सेफ्टी साइन्च इन याक्शन’ भन्ने नाराका साथ सातौं विश्व खाद्य स्वच्छता दिवस विश्वभर मनाईदै छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सातौं विश्व खाद्य स्वच्छता दिवस विश्वभर मनाउन लागेको बताएका छन् ।
यसै सन्दर्भमा नेपालमा पनि ‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ भन्ने नाराका साथ २०८२ जेठ १८ देखि २४ गतेसम्म सप्ताहव्यापी रुपमा विश्व खाद्य स्वच्छता दिवस, २०८२ मनाइ रहेको छ ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा हरेक वर्षमा अस्वच्छकर एवं दूषित खाद्य पदार्थबाट झाडापखाला देखि क्यान्सरसम्म दुईसय भन्दा बढी रोग लाग्ने, प्रत्येक दश जनामध्ये एक जना मानिस विषाक्त खाद्य पदार्थको उपभोगका कारण विरामी हुने गरेका छन् ।
खाद्य स्वच्छतासंग सम्बन्धित सरोकारवालाः सरकारी निकाय, गैर सरकारी संघसस्था, खाद्य व्यवसाय, शिक्षण संघसस्था, एवं उपभोक्ता हकहित संग सम्बन्धी संघसस्थाहरु लगायतको सहभागीतामा विश्व खाद्य स्वच्छता दिवस, ७ जुन २०२५ का दिन बिहान प्रभातफेरि कार्यक्रम गरी सोहि दिन दिउँसो मूल समारोह कार्यक्रम सन्चालन गरिने छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij