Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

ललितपुर

भैंसेपाटीमा कजारियाको नयाँ शोरूम उद्घाटन

भैंसेपाटीमा कजारियाको नयाँ शोरूम उद्घाटन

प्रमुख अतिथिले खड्काले रिबन काटेर यस महत्वपूर्ण विस्तारको शुभारम्भ गरेका छन्।

  • काठमाडौं— भारतको नम्बर १ टायल कम्पनी, कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै भैंसेपाटी, ललितपुरमा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ। क्लासिक मार्बल प्रालिद्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ।

    onlinepatrika
    Arghakhachi

    उद्घाटन समारोहमा कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय सेल्स प्रबन्धक अभ्यास भुषण तिवारीका साथै प्रमुख अतिथिको रूपमा ललितपुर महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष  दामोदर खड्काको उपस्थिति रहेको थियो। प्रमुख अतिथिले खड्काले रिबन काटेर यस महत्वपूर्ण विस्तारको शुभारम्भ गरेका छन्। 
    ललितपुर जिल्लाको महत्वपूर्ण क्षेत्र भैंसेपाटीमा रहेको यो नयाँ शोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ। यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ।

    AGNI GROUP

    प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो ।कजारिया रमेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट