Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

साना जलविद्युत् आयोजना

बाढीले हाइड्रोपावरको बाँध बगायो

बाढीले हाइड्रोपावरको बाँध बगायो

  • काठमाडौं। अविरल वर्षासँगै आएको बाढीले सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ स्थित वाङखोलामा रहेको माइक्रो हाइड्रोपावरको बाँध बगाएको छ ।

    onlinepatrika
    Arghakhachi

    आज भोटखोलाको गोलामा रहेको आठ किलोवाट क्षमताको उक्त साना जलविद्युत् आयोजनाको मुख्य मुहान बाढीले पूर्णरूपमा क्षतिग्रस्त गरेको हो ।

    AGNI GROUP

    प्रहरीका अनुसार बाँध बगाउँदा करिब रु ३३ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । घटना विकट भेगमा परेकाले प्रहरी टोली पैदलमार्ग हुँदै घटनास्थल पुगिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

    सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न दुई दिन लाग्ने भएकाले थप विवरण संकलनमा केही समय लाग्ने बस्नेतले बताए। थप क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट