
Jun 06 2025 | २०८२, जेठ २३ गते
काठमाडौं। कर्णाली प्रदेश सरकारले स्याउ व्यवस्थापन बोर्ड गठन गर्ने भएको छ ।
प्रदेश प्रमुख नजिर मियाँले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशमा स्याउको विकास र बिस्तारका लागि बोर्ड गठन गरिने बताएका हुन् ।
बुधबार बसेको प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले प्रदेशमा स्याउ, ओखर तथा सुन्तला विकास कार्यक्रमलाई विशेष कार्यक्रमका रूपमा सञ्चालन गर्ने बताएको छ ।
किवी, डराइगन, आँप, लिची, केरा लगायतका फलफूलमा दिगो प्रतिस्पर्धा तथा आत्मनिर्भर बनाउन कम्तीमा तीन वर्षसम्म बिरुवा सङ्ख्याको आधारमा प्रोत्साहन उपलब्ध गराउने नीति लिएको छ ।
त्यसका लागि एक गाउँ, एक व्यावसायिक फलफूल बगैँचा कार्यक्रम सञ्चालन गरिने छ ।
पाँच हेक्टरभन्दा बढी जमिनमा कृषि व्यवसाय गर्ने किसानलाई कर्जामा व्याज अनुदान दिइने र दुई हेक्टरभन्दा बढी जग्गामा खेती गर्ने कृर्षक सहकारी र समूहलाई पनि अनुदान दिइने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij