Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

कैलाली

चोरीका ८ वटा मोटरसाइकल सहित ४ जना पक्राउ

चोरीका ८ वटा मोटरसाइकल सहित ४ जना पक्राउ

  • काठमाडौँ । कैलालीमा चोरीका आठ वटा मोटरसाइकल सहित चार जनालाई पक्राउ गरिएको छ ।

    onlinepatrika
    Arghakhachi

    घोडाघोडी नगरपालिकाका विभिन्न स्थानबाट चोरी भएका ८ वटा मोटरसाइकल सहित ४ जना व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार श्रेष्ठले जानकारी दिए ।

    AGNI GROUP

    उनका अनुसार इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीको कमाण्डमा खटिएको टोलीले घोडाघोडी नगरपालिका–१ को लोहारपुर र जंगल क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–२ साडेपानीका २२ वर्षीय मदन सार्की, घोडाघोडी–१ को लोहारपुरका १४ वर्षीय किशोर निराजन शाही, चोरी गरिएका मोटरसाइकल सस्तोमा खरिद गरी नाफा कमाउने कार्यमा संलग्न घोडाघोडी–१० पहलमानपुरका २३ वर्षीय जितेन्द्र चौधरी र लक्ष्मीपुरका १४ वर्षीय निराजन शाही रहेको डीएसपी सिंहले बताए ।

    उनीहरु मध्ये चोरीमा संलग्न सार्की यसअघि पनि चोरी मुद्दामा दुई पटक र शाहीले एकपटक कैद भुक्तान गरिसकेको खुलेको छ । प्रहरीका अनुसार, उनीहरूलाई जिल्ला अदालत कैलालीबाट म्याद थप गरी ईलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट