Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

पक्राउ

ठगि आरोपमा रौनियार पक्राउ

ठगि आरोपमा रौनियार पक्राउ

  • काठमाडौँ । चार करोड बढी रकम ठगेको आरोपमा प्रहरीले पिसी इन्फोटेककी सञ्चालकलाई पक्राउ गरेको छ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले श्रुति रौनियार बिहीबार बिहान पक्राउ गरी पर्सा पठाइएको एसपी काजीकुमार आचार्यले जानकारी दिए।

    AGNI GROUP

    उनीविरूद्ध ठगी, आपराधिक विश्वासघात एवं बैंकिङ कसुर मुद्दामा पर्सा प्रहरीले अनुसन्धान गरिरहेको थियो।

    धनुषाको रमणरविकास एन्ड ब्रदर्स जेभीको तर्फबाट अख्तियार प्राप्त अरूणकुमार शाहले जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका थिए।

    गत चैत २२ गते उनले पिसी इन्फोटेककी सञ्चालक श्रुति विरूद्ध जाहेरी दिएका थिए।

    उक्त जाहेरी परेपछि कार्यालयले जिल्ला अदालत पर्साबाट चैत २६ गते पक्राउ अनुमति लिएको थियो।

    पक्राउ पुर्जी उनी सहित दुई जनाविरूद्ध जारी भएको थियो। प्रहरीले पक्राउ गर्न सर्कुलर जारी गरेपछि काठमाडौंबाट उनी पक्राउ परेकी हुन्।

    श्रुतिविरूद्ध चार करोड ३२ लाख रुपैयाँ ठगी गरेको आरोप रहेको पर्साका डिएसपी किशोर लम्सालले जानकारी दिए। 

    ‘४ करोड ३२ लाख बिगोसहित जाहेरी परेको हो। कसरी ठगी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ लम्सालले भने। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट