Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

विश्व वातावरण दिवसको अवसरमा वृहत् वृक्षारोपण

ग्लोबल आइएमई बैंकद्वारा वृहत् वृक्षारोपण कार्यक्रम

ग्लोबल आइएमई बैंकद्वारा वृहत् वृक्षारोपण कार्यक्रम

बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्य राखेको थियो ।

  • काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरुमा वृहत् वृक्षारोपण कार्यक्रम गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्य राखेको थियो । बैंकले बिहीवार विश्व वातावरण दिवसको अवसरमा मुलुकका विभिन्न स्थानहरुमा वृक्षारोपण कार्यक्रम गरेको हो ।

    AGNI GROUP

    यसै अवसरमा बैंकले सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला, लम्कीचुहा नगरपालिकाको बालचौरमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको समुपस्थितिमा एक हजार वटा कागतीका विरुवा रोपण गरेको हो ।

    त्यसैगरी,बैंकले काठमाडौंको नारायणहिटी आर्मी ब्यारेकको परिसरमा बैंकका नायब प्रमुख कार्यकारी सुमन पोखरेलको उपस्थितिमा ३०० वटा विरुवा रोपण गरेको हो ।

    बैंकले कोशी प्रदेशको दिक्तेल, प्रगति सामुदायिक वन, मेचीनगर, झापा लगायतका विभिन्न स्थानहरुमा ३,७०० वटा, मधेश प्रदेशको राजविराज, जीतपुर, लहान, गौह्र, मिथिला नगरपालिका (भाटिघारी सामुदायिक वन) लगायतका विभिन्न स्थानमा ५,०५०, बागमती प्रदेशको नारायणहिटी आर्मी ब्यारेक, टोखा र रसुवा लगायतका विभिन्न स्थानहरुमा २,३००, गण्डकी प्रदेशको बागलुङ र कास्की लगायतका विभिन्न स्थानहरुमा २,१००, लुम्बिनी प्रदेशको बिजुवार, घोराही, गुलेरिया, लिवाङ्ग लगायतका विभिन्न स्थानमा १,५००, कर्णाली प्रदेशको विरेन्द्रनगर र रास्कोट लगायतका विभिन्न स्थानहरुमा ७०० र सुदुरपश्चिमको बालिया, गोकुलेश्वर, वैतडी, अत्तरिया, धनगढी, टिकापुर र महेन्द्रनगर लगायतका विभिन्न स्थानहरुमा २,०८६ विरुवा रोपण गरेको छ ।

    बैंकले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा स्थानीय महानुभावहरुको उल्लासमय उपस्थिति रहेको थियो ।

    बैंकले वृक्षारोपणको लागि विभिन्न संस्थाहरुसँग सहकार्य गरी शहरको सौन्दर्यकरण, सामुदायिक वन, विद्यायल, अस्पताल परिसरहरु तथा सार्वजनिक स्थानहरु छनौट गरेको छ ।

    उक्त वृक्षारोपणले वातावरण संरक्षणमा सहयोग गर्नुका साथै जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयहरुको आयआर्जनमा सहयोग हुने विश्वास बैंकले लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट