Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

धादिङको गलौदीमा माइक्रो दुर्घटना, ५ जना घाइते

धादिङको गलौदीमा माइक्रो दुर्घटना, ५ जना घाइते

  • काठमाडौं । पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका–५, गलौदीमा माइक्रो दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको बा ३ ख १६३० नम्बरको माइक्रो अनियन्त्रित भइ आइतबार दिउँसो नालीमा खसेको प्रहरीले जनाएको छ ।   

    AGNI GROUP

    दुर्घटनामा घाइते हुनेहरूमा तनहुँको बन्दीपुर गाउँपालिका–४ की ४६ वर्षीया सुकमाया परियार, तनहुँको आबुखैरेनी गाउँपालिका–१ की १८ वर्षीया मन्जु परियार, माइक्रोका सहचालक तनहुँकै भानु नगरपालिका–८ का २५ वर्षीय कृष्ण परियार छन् ।

    त्यस्तै, गोरखाको पालुङटार नगरपालिका–५ का १७ वर्षीय सक्षम राजभाट र लमजुङको राइनस गाउँपालिका–६ की ७० वर्षीया हरिमाया परियार घाइते भएका छन् ।  

    घाइतेहरूको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट