
Jun 09 2025 | २०८२, जेठ २६ गते
काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पराहा नगरपालिका–८ रौतहटका ३५ वर्षीय हरिकृष्ण ठाकुर, कावासोती नगरपालिका–१ नवलपरासीका ४१ वर्षीया रिना गुरौ र पाँचखाल नगरपालिका–२२ काभ्रेपलाञ्चोकका ५५ वर्षीय कविराज सिपखान छन् ।
उनीहरूलाई क्रमश: एक लाख, १८ लाख ५५ हजार र ४१ लाख १४ हजार रुपैयाँ बिगो तोकिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाहरूले कतार, पोर्चुगल, कुवेत र यूकेलगायत देशमा पठाइदिने भन्दै पाँच जना पीडितसँग रकम असुलेर फरार भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij