
Jun 13 2025 | २०८२, जेठ ३० गते
काठमाडौं । रौतहटमा ज्यूँदै मानिसलाई इटाभट्टामा जलाउने प्रकरणका कांग्रेस नेता अफ्ताब आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालोमोसो प्रहार भएको छ ।
बिहीबार नेकपा बहुमतका कार्यकर्ताहरुले उच्च अदालत वीरगञ्जका न्यायाधीश डा.खुसीराम थारुलाई मोसो प्रहार गरेका हुन् ।
उनीहरुले आज न्यायाधीश थारुको इजसालमै पुगेर मोसो प्रहार गरेका हुन् । त्यसलगत्तै प्रहरीले नेकपा बहुमतका २ जना कार्यकर्तालाई पक्राउ गरेको छ ।
थारुले आलमलाई सफाइ दिने आदेश दिएको भन्दै उनको आलोचना समेत भइरहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij