
Jun 13 2025 | २०८२, जेठ ३० गते
काठमाडौं । ललितपुरको नख्खु कारागारमा कैदी जीवन बिताइरहेका एक कैदीको मृत्यु भएको छ ।
२५ गते कारागारभित्र भान्छामा काम गर्नेक्रममा पोखिएको दालमा टेक्दा चिप्लिएर लड्दा उनको शरीरको विभिन्न भागहरू जलेको थियो ।
त्यसपछि तत्कालै उनलाई उपचारका लागि कीर्तिपुर स्थित बर्न अस्पताल लगिएको कारागार प्रशासक भीमराज कोइराला बताउँछन् ।
उपचारकै क्रममा उनको बुधबार अस्पतालमा मृत्यु भएको बताइएको छ । मृत्यु भएका कैदी कर्तव्य ज्यान र बलात्कार कसुरमा सजाय भुक्तान गर्दै थिए ।
उनको शव आफन्तलाई जिम्मा लगाइसकिएको कोइरालाले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij