Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

आन्दोलन

पोखरामा सुनचाँदी व्यवसायीको आन्दोलन जारी

पोखरामा सुनचाँदी व्यवसायीको आन्दोलन जारी

संघका प्रतिनिधिहरूले प्रमुख जिल्ला प्रशासन कार्यालय, कास्कीमा पुगेर ध्यानाकर्षण पत्र बुझाएका छन्।

  • काठमाडौं । पोखरामा सुनचाँदी व्यवसायी संघको अगुवाइमा भएको आन्दोलन आज पनि जारी छ। संघले सरकारले सुनचाँदी व्यवसायसँग सम्बन्धित नीतिहरूमा चाँडो सुधार नगरेमा आन्दोलन थप कडा बनाउने चेतावनी दिएको छ।

    onlinepatrika
    Arghakhachi

    बिहीबार संघका प्रतिनिधिहरूले प्रमुख जिल्ला प्रशासन कार्यालय, कास्कीमा पुगेर ध्यानाकर्षण पत्र बुझाएका छन्। उक्त पत्रमा व्यवसायीहरूले वर्तमान कर संरचना, सुन आपूर्ति व्यवस्थापनमा आएको समस्या, नियमनको स्पष्ट अभाव लगायतका मुद्दाहरू उठाएका छन्।

    AGNI GROUP

    आजको प्रदर्शनमा पोखरा क्षेत्रका सयौं सुनचाँदी व्यवसायीको सहभागिता रहेको छ। उनीहरूले नाराबाजी गर्दै स्थानीय प्रशासन मार्फत सरकारलाई आफ्नो माग पुर्‍याउने प्रयास गरेका छन्।

    संघले आगामी दिनमा चरणबद्ध आन्दोलनको तयारी गरेको जानकारी दिएको छ। यदि माग पुरा नभए कडा कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिइएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट