Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं। राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद निष्कासन गरेको छ।
कम्पनीले हाल कायम चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार ८ सय रुपैयाँबराबरको उक्त हकप्रद शेयर जारी गरेको हो। लगानीकर्ताले हकप्रद शेयर खरिदकालागि सीडीएससीको मेरो सेयरबाट अनलाइन आवेदन दिनुपर्नेछ।
त्यसैगरी त्रिपुरेश्वरस्थित राप्ती हाईड्रो पावरको कर्पोरेट कार्यालय, मुक्तिनाथ क्यापिटल नक्साल, मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरु, बिर्तामोड, विराटनगर,जनकपुर, नारायणगढ, पोखरा, नेपालगन्ज,सुर्खेत, धनगढी र महेन्द्रनगर कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरुबाट पनि लगानीकर्ताले आवेदन दिन सक्नेछन।
यो हकप्रदमा आवेदन दिने अन्तिम मिति असार २२ गते सम्म रहेको छ। कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij