Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

कोटीहोम विराट ज्ञान महायज्ञ

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

कोटीहोम समापन, ४० लाख ५० हजार भक्तजन सहभागी

  • काठमाडौं । श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ शनिबार देखि समापन भएको छ । 
    ६१ दिनलामो कोटीहोममाकरिब ४० लाख ५० हजार भक्तजन सहभागी भएको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    कोटीहोममा करिब नौ करोड रुपैयाँ संकलन भएको कोटीहोमका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्ण मूर्तिजी महाराजले जानकारी दिए । 

    AGNI GROUP

    कोटीहोमको सबै हिसावकिताव असार भित्रै फरकफरक गरिने, पत्रकार सम्मेलन र सार्वजनिक सुनुवाई गरेरै आयव्यय सार्वजनिक गरिने उनले जानकारी दिए । 

    संकल्पकर्ता महाराजजीले कोटीहोमको केही आम्दानी मानव सेवा फाउण्डेशन, छोरीको घर र मानव कल्याणमा लगाउने प्रण गरे । समापन कार्यक्रममा कोटीहोम सम्पन्न गर्न सघाउने सबै प्रति आभार व्यक्त गरे । 
    समापनमा कोटीहोमका सहसंयोजक युवक लामिछानेले गणतन्त्र भित्र हिन्दू राज्य घोषणा हुनु पर्नेमा जोड दिए। उनले मामा घर अनाथ आश्रम बनाउनका लागि पाँच लाख, कोटीहोमका लागि एक लाख २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।

    कोटीहोममा आयोजित रक्तदानमा नौ सय छ युनिट रगत संकलन भएको छ । साथै कोटीहोममा हाल सम्मकै ठूलो धनराशि पुरस्कार भएको राष्ट्रिय भजन प्रति योगिता तथा वक्तृत्व कला भएको थियो । 

    जेठ २६ गते पूर्णाहूति भएको हवनमा चार सय ब्राम्हण द्वारा एक करोड ५० लाख हवन भएको थियो ।
    कोटीहोममा पाँच सय २५ जनाको आयोजित ब्रतवन्ध, एक सय २० जनाको तुलादान, एक सय ३५ जनाको चौरासी पूजा, एक सय ४६ जनाको नवग्रह शान्ति, १४ जनाको काल सर्प योग पूजा, पाँच जनाको अर्क विवाह, अष्ट महादान चार, पितृको अर्चना ३३, लघु रुद्री पाँच, अति रुद्री १८, विवाह एक, गुन्यू चोलीपाँच, लाखवत्ती सेवा २२ अन्यपूजा ४५ जनाले गरेको प्रचार प्रसार संयोजक लोक राज ढकालले जानकारी दिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट