Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

बजेट

कर्णालीको सरकारको बजेट ३२ अर्व ९९ करोड

कर्णालीको सरकारको बजेट ३२ अर्व ९९ करोड

यो बजेट चालु आवकोभन्दा ५ प्रतिशतले बढी हो । चालु आवमा कर्णाली सरकारको बजेट ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ छ ।

  • काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष (आव) २०८२-०८३ को लागी ३२ अर्ब ९९ करोड करोड रुपैयाँको बजेट ल्याएको छ ।

    onlinepatrika
    Arghakhachi

    कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले आइतबार मध्यराती कर्णाली प्रदेश सभामा ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । यो बजेट चालु आवकोभन्दा ५ प्रतिशतले बढी हो । चालु आवमा कर्णाली सरकारको बजेट ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ छ ।

    AGNI GROUP

    कर्णाली  सरकारले आगाामी आवकालागि चालु खर्चतर्फ ७ अर्ब ७९ करोड ९१ लाख १ हजार रुपैयाँ (२३.६४ प्रतिशत) र  पुँजीगततर्फ  १९ अर्ब ९८ करोड २७ लाख १३ हजार रुपैयाँ (६०.५५ प्रतिशत) बजेट विनियोजन गरेको छ । संघीय सरकारबाट प्राप्त अनुदान, राजश्व बाँडफाँडबाट प्राप्त रकम, बिशेष अनुदान तथा समपुरक बजेट र आन्तरिक राजस्व  समेत गरी उक्त बजेट तयार पारिएको मन्त्री शाहले बताए ।

    आगामी आवकोलागि आन्तरिक राजस्वबाट ९६ करोड ७४ लाख ११ हजार रुपैयाँ, चालु आवको खर्च नभई बाँकी रहन जाने रकम ५ अर्ब ६९ करोड ६८ लाख ४४ हजार रुपैयाँ, संघीय सरकारबाट राजश्व बाँडफाँड वापत प्राप्त हुन आएको १० अर्ब २७ करोड ३० लाख रुपैयाँ र वित्तीय समानीकरण अनुदान बाट प्राप्त हुन आएको १० अर्ब ५६ करोड ४ लाख रुपैयाँ र सशर्त अनुदानबाट ४ अर्ब ४४ करोड ६० लाख रुपैयाँ प्रदेशको बजेट छ ।

    कर्णाली सरकारले नेपाल सरकारबाट प्राप्त हुने समपुरक अनुदान ५३ करोड ९७ लाख रुपैयाँ र बिशेष अनुदानवाफत ४९ करोड ४६ लाख रुपैयाँ प्राप्त गर्ने अनुमान गरी बजेट ल्याइएको जनाएको छ ।

    त्यस्तै बैदेशिक सहायताबाट प्राप्त हुने कार्यक्रम एक करोड ८७ लाख स्रोत परिचालन गर्ने गरी सरकारले बजेट बनाएको मन्त्री शाहले बताए । कर्णाली प्रदेश सरकारले कर्णालीको पूर्वाधार बिकास, रोजगारी सिर्जना गरी कृषिमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याएको शाहको दावी छ ।

    कर्णाली प्रदेश सरकारले ल्याएको आगामी बर्षको बजेटमा कृषिलाई प्राथमिकता दिएको छ । चालु आर्थिक बर्षको भन्दा ३८ प्रतिशत बजेट बढाएर कृषिका कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको हो ।

    कर्णालीमा स्याउ बिकास बोर्ड स्थापना गर्नेदेखि कर्णालीका कृषि उत्पादनको निर्यात बढाई रोजगारी सिर्जना गर्ने कार्यक्रममा कर्णाली सरकारको बजेटले प्राथमिकता दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट