Logo

Aug 05 2025 | २०८२, साउन २० गते

Aug 05 2025 | २०८२, साउन २० गते

बजेट

कर्णालीको सरकारको बजेट ३२ अर्व ९९ करोड

कर्णालीको सरकारको बजेट ३२ अर्व ९९ करोड

यो बजेट चालु आवकोभन्दा ५ प्रतिशतले बढी हो । चालु आवमा कर्णाली सरकारको बजेट ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ छ ।

  • काठमाडौं । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक बर्ष (आव) २०८२-०८३ को लागी ३२ अर्ब ९९ करोड करोड रुपैयाँको बजेट ल्याएको छ ।

    images
    images
    images

    कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राजीव बिक्रम शाहले आइतबार मध्यराती कर्णाली प्रदेश सभामा ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । यो बजेट चालु आवकोभन्दा ५ प्रतिशतले बढी हो । चालु आवमा कर्णाली सरकारको बजेट ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ छ ।

    images

    कर्णाली  सरकारले आगाामी आवकालागि चालु खर्चतर्फ ७ अर्ब ७९ करोड ९१ लाख १ हजार रुपैयाँ (२३.६४ प्रतिशत) र  पुँजीगततर्फ  १९ अर्ब ९८ करोड २७ लाख १३ हजार रुपैयाँ (६०.५५ प्रतिशत) बजेट विनियोजन गरेको छ । संघीय सरकारबाट प्राप्त अनुदान, राजश्व बाँडफाँडबाट प्राप्त रकम, बिशेष अनुदान तथा समपुरक बजेट र आन्तरिक राजस्व  समेत गरी उक्त बजेट तयार पारिएको मन्त्री शाहले बताए ।

    आगामी आवकोलागि आन्तरिक राजस्वबाट ९६ करोड ७४ लाख ११ हजार रुपैयाँ, चालु आवको खर्च नभई बाँकी रहन जाने रकम ५ अर्ब ६९ करोड ६८ लाख ४४ हजार रुपैयाँ, संघीय सरकारबाट राजश्व बाँडफाँड वापत प्राप्त हुन आएको १० अर्ब २७ करोड ३० लाख रुपैयाँ र वित्तीय समानीकरण अनुदान बाट प्राप्त हुन आएको १० अर्ब ५६ करोड ४ लाख रुपैयाँ र सशर्त अनुदानबाट ४ अर्ब ४४ करोड ६० लाख रुपैयाँ प्रदेशको बजेट छ ।

    कर्णाली सरकारले नेपाल सरकारबाट प्राप्त हुने समपुरक अनुदान ५३ करोड ९७ लाख रुपैयाँ र बिशेष अनुदानवाफत ४९ करोड ४६ लाख रुपैयाँ प्राप्त गर्ने अनुमान गरी बजेट ल्याइएको जनाएको छ ।

    images

    त्यस्तै बैदेशिक सहायताबाट प्राप्त हुने कार्यक्रम एक करोड ८७ लाख स्रोत परिचालन गर्ने गरी सरकारले बजेट बनाएको मन्त्री शाहले बताए । कर्णाली प्रदेश सरकारले कर्णालीको पूर्वाधार बिकास, रोजगारी सिर्जना गरी कृषिमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याएको शाहको दावी छ ।

    कर्णाली प्रदेश सरकारले ल्याएको आगामी बर्षको बजेटमा कृषिलाई प्राथमिकता दिएको छ । चालु आर्थिक बर्षको भन्दा ३८ प्रतिशत बजेट बढाएर कृषिका कार्यक्रमलाई सरकारले प्राथमिकतामा राखेको हो ।

    कर्णालीमा स्याउ बिकास बोर्ड स्थापना गर्नेदेखि कर्णालीका कृषि उत्पादनको निर्यात बढाई रोजगारी सिर्जना गर्ने कार्यक्रममा कर्णाली सरकारको बजेटले प्राथमिकता दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij