
Jun 19 2025 | २०८२, असार ५ गते
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अम्मरबहादुर थापाले बजेट पुस्तक च्यातेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा थापाले ‘बजेट नै उल्टो बाटोमा’ रहेको भन्दै पुस्तक च्यातेका हुन् ।
थापाले भने, “भौतिक मन्त्रालयको बजेटले दैलेखमात्रै नभई धेरै ठाउँका जनतालाई सम्बोधन गर्न सकेन । बजेट किताबले जनताबाट उठेको राजस्वले जनतप्रति उत्तरदायी पूरा नगरेकोले मलाई मन परेन । च्यात्ने अनुमति लिएर च्यातेँ धन्यवाद ।” बजेटमा एकाधिकार कायम रहेको उनको भनाइ छ ।
थापा दैलेख क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij