Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

'विद्यालय योग शिक्षा’ एवं ‘विद्यालय शिक्षक केन्द्रीय योग उत्प्रेरक’

देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्छ: पर्यटनमन्त्री

देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्छ: पर्यटनमन्त्री

  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशभरका विद्यालयमा योग शिक्षा पुर्‍याउनुपर्ने बताएका छन्। 
        
    आज भक्तपुरको सानोठिमि स्थित आदर्श माध्यमिक विद्यालयमा आयोजित ‘विद्यालय योग शिक्षा’ एवं ‘विद्यालय शिक्षक केन्द्रीय योग उत्प्रेरक’ तालिमको उद्घाटन गर्दै उनले योग स्वास्थ्यका दृष्टिकोणले प्रभावकारी विधि भएकाले विद्यालय तहसम्म योग शिक्षा पुर्‍याउनुपर्नेमा जोड दिएका हुन्।

    onlinepatrika
    Arghakhachi

    मन्त्री पाण्डेले भक्तपरबाट सुरु भएको विद्यालय योग कार्यक्रमलाई ७७ वटै जिल्लामा विस्तार गर्दै शिक्षक, विद्यार्थी एवं युवा वर्गलाई योगमा केन्द्रित गर्नुपर्नेमा जोड दिए।

    AGNI GROUP

    नेपालको युवा शक्तिलाई योगमा ल्याउनु आवश्यक छ। अबको १५ वर्षमा देशभरका युवा योग साधनामा लाग्नेछन्। योगको ज्ञान र ध्यानले पहिलो परिवार, समाज, देश र विश्वमै शान्ति स्थापना गर्न सकिन्छ। यसले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले प्रत्येक व्यक्तिलाई योग आवश्यक छ। यो अभियान अब नेपालबाट सुरु हुन्छ,’ उनले भने। 

    भौतिक र अभौतिक सन्तुलन स्थापित गरेर योग साधनालाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै उनले मानव सभ्यतालाई उचित मार्गमा लैजान योगलाई फैलाउनु आवश्यक रहेको बताए। धार्मिक ज्ञान र विज्ञानबीचको सन्तुलनलाई मन र शरीरसँग जोडेर लानसके सम्मुनत समाजको निर्माण हुने उनको भनाई  थियो। 

    कार्यक्रममा शिक्षा तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्री, भक्तपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे लगायतले योगलाई विद्यालय केन्द्रित बनाएर लैजानुपर्नेमा जोड दिए।

    योग प्रशिक्षणमा जिल्ला भरिका ६० जना शिक्षक शिक्षिकाको सहभागिता रहेको योग जिल्ला समन्वय समिति एवं कार्यक्रम संयोजक नवराज काफ्लेले जानकारी दिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट