
Jun 30 2025 | २०८२, असार १६ गते
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार अबेर तोकेको भाउ अनुसार सुन तोलामा ३ सय रुपैयाँ घटेको हो ।
महासंघका अनुसार छापावाल सुनको भाउ आज तोलाको १ लाख ८८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो आइतबार तोलाको १ लाख ८८ हजार ४ सय रुपैयाँ थियो ।
त्यसैगरी चाँदीको भाउ भने बढेको महासंघले जनाएको छ । आइतबार तोलाको २ हजार १ सय ४० मा कारोबार भएको चाँदीको भाउ आज सोमबार २ हजार १ सय ५० रुपैयाँ पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij