
Jul 01 2025 | २०८२, असार १७ गते
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका-३, देखतभुलीका ४० वर्षीय अशोक चौधरीको नालामा डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमवार राति करिब १०ः१५ बजे चौधरी घर नजिकै सडक छेउमा रहेको नालामा लडेर घाइते भएका थिए ।
स्थानीयले उनलाई तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल, धनगढी पुर्याएका थिए। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij