Logo

Jul 08 2025 | २०८२, असार २४ गते

Jul 08 2025 | २०८२, असार २४ गते

हिम स्टार उर्जाको आईपीओ आज देखि निष्कासनमा

हिम स्टार उर्जाको आईपीओ आज देखि निष्कासनमा

  • काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ ।

    images
    images
    images

    कम्पनीले आम सर्वसाधारणका लागि जारीपूँजीको २५ प्रतिशत अर्थात ९ लाख ३२ हजार ५ सय कित्ता शेयर जारी गरेको हो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानिय र वैदेशीक रोजगारीमा रहेका नेपालीहरुका लागि भने आईपीओ जारी गरिसकेको छ ।

    images

    गत जेठ ९ गते प्रति शेयर १०० रुपैयाँ अंकित दरका ११ लाख १९ हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सम्मका लागि आवेदन दिन सक्नेछन्

    यसका साथै  लगानीकर्ताले मेरो शेयरबाट समेत आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्कासन बन्द छिटोमा असार २७ गते  र ढिलोमा साउन ६ गते हुनेछ ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij