
Jul 14 2025 | २०८२, असार ३० गते
काठमाडौं । मधेश प्रदेशको वीरगञ्जस्थित संघीय नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपनको उपचार सेवा सञ्चालनमा आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आइतबार एक कार्यक्रमका बीच दुवै सेवाको शुभारम्भ गरे ।
मन्त्री पौडेलले क्यान्सरको उपचार सेवा प्रदेश तहमा विस्तार गर्ने प्रतिबद्धताअनुसार महिलामुखी स्तन क्यान्सर परीक्षणका लागि मेमोग्राम सेवा सुरु गरिएको जनाएका छन् । साथै, निःसन्तान दम्पतीका लागि बाँझोपन उपचार सेवा पनि अस्पतालमा सञ्चालनमा आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij