
Jul 21 2025 | २०८२, साउन ५ गते
काठमाडौं । नेपाली बजारमा लगातार चार दिनदेखि सुनको मूल्य बढिरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत हप्ताको बिहीबारदेखि सुनको भाउ बढिरहेको छ । छापावाल सुनको मूल्य आज (सोमबार) पनि तोलामा ४ सय रुपैयाँले बढेर १ लाख ९३ हजार ७ सयमा कारोबार भइरहेको छ ।
यसअघि गत बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ३ सयमा कारोबार भएको थियो । त्यसको भोलिपल्ट शुक्रबार सुनको भाउ २ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ५ सयमा कारोबार भएको थियो ।
यस्तै, आइतबार सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको २ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij