
Jul 24 2025 | २०८२, साउन ८ गते
काठमाडौं । गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा १७ प्यालेस्टिनीको मृत्यु भएको छ । हमासद्वारा सञ्चालित गाजा सिभिल डिफेन्सका अनुसार बुधबार बिहान तीन अलग-अलग हवाई हमलामा दुई आवासीय अपार्टमेन्ट र एक शिविरलाई लक्षित गरिएको थियो ।
मृत्यु हुनेमा चार बालबालिका र एक नवजात शिशु पनि छन् । साथै, एकै परिवारका आठ जनाको पनि मृत्यु भएको छ । आक्रमणमा २४ जना घाइते भएको बीबीसीले जनाएको छ ।
इजरायली सेनाले यी घटनाहरूमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij