Logo

Aug 04 2025 | २०८२, साउन १९ गते

Aug 04 2025 | २०८२, साउन १९ गते

प्रसूति गृहमा ओपीडी टिकट निःशुल्क, एचआइभी परीक्षणमा ५० प्रतिशत छुट

प्रसूति गृहमा ओपीडी टिकट निःशुल्क, एचआइभी परीक्षणमा ५० प्रतिशत छुट

  • काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले महिला स्वास्थ्यसम्बन्धी सेवाहरूमा छुट सेवा प्रदान गर्ने भएको छ । अस्पतालको ६६ औँ वार्षिकोत्सवको अवसरमा छुट सेवा प्रदान गरिने भएको हो ।

    images
    images
    images

    आजदेखि निःशुल्क ओपीडी टिकट र एचआइभी डीएनए परीक्षणमा ५० प्रतिशत छुट दिने घोषणा गरिएको अस्पतालका निर्देशक डाक्टर श्रीप्रसाद अधिकारीले बताए । वार्षिकोत्सवको उपलक्ष्यमा कुपण्डोलस्थित नयाँ ओपीडी भवनबाट सञ्चालन गरिएको स्वास्थ्य शिविरमा स्त्रीरोग (गाइनोकोलोजी) सम्बन्धी सेवा लिन आउने बिरामीहरूलाई कुनै पनि शुल्क नलाग्ने उनले बताए ।

    images

    यस्तै, महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम पत्ता लगाउन गरिने परीक्षण एचआइभी डीएनए परीक्षणमा पनि ५० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij