Logo

Aug 18 2025 | २०८२, भदौ २ गते

Aug 18 2025 | २०८२, भदौ २ गते

कोरोना माहामारीका बीचमा पनि तानियो रातो मच्छिन्द्रनाथको रथ

कोरोना माहामारीका बीचमा पनि तानियो रातो मच्छिन्द्रनाथको रथ

  • ललितपुर । कोरोना भाइरसको महामारीको बिचमा पनि वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज तानिएको छ । हरेक वर्ष मच्छिन्द्रनाथलाई रथारोहण गरिएको चौथो दिनमा रथ तान्ने चलन छ । कोरोना संक्रमणको जोखिम बढे पछि मच्छिन्द्रनाथको रथलाई सांकेतिक रुपमा तानेर बुंगमति लगिने छ । रथमा बिराजमान मच्छिन्द्रनाथको बिहानको नित्य पूजा पछि हल्लाइएको थियो भने अपरान्ह रथ तानिएको हो । गत बुधवार वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ छ बजेर १७ मिनेटमा करुणामय मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो ।

    images
    images
    images

    यस वर्ष कोरोना महामारीका कारण भीडभाड गर्न र बढी मानिस जम्मा हुन नदिन जिल्ला प्रशासन कार्यालय ललितपुरले शनिवार राति १० बजेसम्मका लागि विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र समेत तोकेको छ । गत वर्ष रथ तान्ने विषयमा विवाद हुँदा स्थानीय र प्रहरी बीच झडप भएको थियो । यसै विषयलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले रातो मच्छिन्द्र नाथको रथ रहेको आसपास क्षेत्रमा पूर्वमा निषेधित क्षेत्र तोकेको छ । रथलाई तानिने स्थानलाई केन्द्रमा राखेर ५०० मी को दूरीमा निषेधित क्षेत्र तोकेको छ । कोरोना महामारीकाबीचमा पनि मानिसहरु सयौँको संख्यामा उपस्थित भएर रथ तानिएको छ ।

    images

    अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष रथ तान्दा केही हदसम्म भौतिक दुरी कायम गरिएको छ । कोरोना संक्रमणको जोखिमले रथलाई पुरा शहर नघुमाइ पुल्चोक रथ बनाएको स्थानबाट उत्तर तर्फ रहेको सोह्रखुट्टेपाटी सम्म तानेर (करिब ३० मिटर अगाडि) जात्रा विसर्जन गरिने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij