Jun 15 2026 | २०८३, असार १ गते
काठमाडौँ । निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विघटन भएको संसद अदालतबाट पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन्।भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गर्दा आफूहरुले रोक्ने धेरै प्रयास गरेपनि सम्भव नभएको उनले बताए।
प्रधानमन्त्री ओलीको कदम गैरसंवैधा लोकतान्त्रिक प्रक्रियामा आघात पुगेका कारण आफूसहितका मन्त्रीहरुले सामूहिक राजीनामा दिएको उल्लेख गर्दै उनले भने, ‘यसलाई ट्रयाकमा ल्याउने मलाई विश्वास छ। यदि यो देशका संवैधानिक अंगहरु स्वतन्त्र छन् विवेक पुर्याउँछन्, त्यहाँका मान्छेहरु ठिक छन् भने शत प्रतिशतभन्दा पनि बढी विश्वासका साथ भन्छु( संसद पुर्नस्थापना हुन्छ। मुलुकप्रति संविधानप्रति जवाफदेही छन् भने शतप्रतिशत संसद पुर्नस्थापना हुन्छ। हुनुपर्छ। त्यो नै हाम्रो लोकतन्त्रको विजय हुन्छ। संविधानको रक्षा हुन्छ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij