Jun 06 2026 | २०८३, जेठ २३ गते
अमेरिकामा एक शिक्षिकाले पाँच घण्टा विमानको शौचालयमा समय बिताएकी छिन्।
शिक्षिका मारिसा फोसियो यसै महिनाको २० तारिखमा सिकागोबाट आइसल्यान्ड गएकी थिइन्। विमान उडिरहेको बेला उनको घाँटीमा समस्या भएको थियो। आफूसँगै ल्याएको र्यापिड टेस्ट किटमार्फत कोभिड परीक्षण गरेकी थिइन् । परीक्षणमा पोजिटिभ देखिएपछि उनले बाँकी यात्रा शौचालयमै बसेर पूरा गरेको बताएकी छिन् ।
आफूलाई लागेको कोरोना अरुलाई नसरोस् भनेर आफू विमानको शौचालय भित्र विमान अवतरण नभइन्जेलसम्म बसेको उनको भनाइ छ।
सो विमानमा १५० जना सवार थिए र उनले आफूले अरुलाई केही नहोस् भनेर शौचालय गएको बताउँछिन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij