Jun 06 2026 | २०८३, जेठ २३ गते
सुडानका प्रधानमन्त्री अब्दुल्ला हामडोकले राजीनामा दिएका छन्। विरोधीहरुको निरन्तर प्रर्दशन र दबाबपछि सुडानका प्रधानमन्त्रीले राजीनामा दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुमा समाचार छ।
सैनिक ‘कु’लाई समर्थन गर्दै राज्य संचालन प्रक्रियामा त्यहाँको सेनासँग शक्ति बाँडफाँड गरेको भन्दै सुडानी प्रधानमन्त्री हामडोकविरुद्ध प्रदर्शन हुँदै आएको थियो।
प्रदर्शनकारीहरुले उनीमाथि सेनासँग सत्ता सम्झौता गरेको आरोप लगाएका थिए।
राजीनामा दिँदै प्रधानमन्त्री हामडोकले सुडानको राष्ट्रियता र अस्तित्व खतरनाकमोडमा पुगेको प्रतिक्रिया दिएका छन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij