Jun 06 2026 | २०८३, जेठ २३ गते
उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले अन्तरिक्षबाट खिचेका तस्बिर सार्वजनिक गरेका छन्। सबैभन्दा लामो क्षेप्यास्त्र प्रक्षेपणको क्रममा अन्तरिक्षबाट तस्बिर खिचेको दाबी गर्दै उत्तर कोरियाली मिडियाले ति तस्बिर सार्वजनिक गरेका हुन्।
सो क्षेप्यास्त्र प्रक्षेपणबारे दक्षिण कोरिया र जापानका अधिकारीहरुले पुष्टि गरेका थिए भने जुन आकाशमा करिब २ हजार किलोमिटर माथिसम्म पुगेको उनीहरुले बताएका थिए।
उत्तर कोरियाले आइतबार बिहान देशको जागाङ प्रान्तबाट सो क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। सो क्रममा आकाशबाट खिचिएका तस्बिरहरु खिचिएको दाबी उत्तर कोरियाले गरेको छ। ति तस्बीरमा कोरियाली प्रायद्धिप र वरपरका क्षेत्रहरु देखिएका छन्।
उत्तर कोरियाले यो सहित सातवटा क्षेप्यास्त्र प्रक्षेपण गरिसकको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij