Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

हङकङमा लकडाउनको तयारी

हङकङमा लकडाउनको तयारी

  • काठमाडाैँ । हङकङ सरकारले ९ दिन पूर्ण लकडाउन लगाउने तयारी गरेको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार मार्चमध्यपछि कोरोना परीक्षणको क्रममा हङकङमा लकडाउनको तयारी गरिएको हो। सरकारको योजनाअनुसार मानिसहरुले तीनपटक कोरोना परीक्षण गराउनुपर्ने हुन्छ।

    onlinepatrika
    Arghakhachi

    यसअघि १५ देखि २१ दिनमा कोरोना परीक्षण सकाउने तयारी गरिएको भए पनि अहिले यो समय ९ दिनमा झारिएको छ। त्यसैले उक्त ९ दिनको अवधिमा हङकङमा लकडाउन हुनेछ। 

    AGNI GROUP


    अत्यावश्यक सेवाको क्षेत्रमा काम गर्ने मानिसहरुलाई लकडाउनमा छूट दिइनेछ। स्रोतले दिएको जानकारीअनुसार लकडाउनको क्रममा मानिसहरुलाई खाना खरिदका लागि पनि छूट दिने विषयमा छलफल भइरहेको छ।

    विशेषज्ञहरुले हङकङमा कोरोना संक्रमण अहिलेकै गतिमा बढे संक्रमितको संख्या १० लाख नाघ्न सक्ने चेतावनी दिएका छन्। अहिलेसम्म १ लाख ९० हजार संक्रमित फेला परिसकेका छन्। यसमध्ये अधिकांश संक्रमित पाँचौँ लहरमा थपिएका छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij