Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

एमालेको दबामा स्थानीय तहको निर्वाचन 

एमालेको दबामा स्थानीय तहको निर्वाचन 


  • काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले स्थानीय तहको निर्वाचन एमालेको दबाबमा हुन लागेको बताएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखाले आज शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले  स्थानीय तहको निर्वाचन एमालेको दबाबका कारण समयमै हुन लागेको बताए । 

    onlinepatrika
    Arghakhachi

    उनले निर्वाचन नगर्न विभिन्न षड्यन्त्र भएको आरोप लगाउँदै भने निर्वाचनको समयमा जनप्रतिनिधिविहीन बनाउन नहुने हो । उनले थपे ‘सङ्घीयतामा निर्वाचन हुँदा सरकारविहीनको कल्पना गर्न सकिँदैन, त्यसैगरी स्थानीय तह पनि रित्तो हुनु हुँदैन ।’

    AGNI GROUP

    आयोगलाई उपयोग गरी आचारसंहिता र मतपत्रमा अमिल्दा कुरा सारेको ढकालको आरोप रहेको छ । साथै एउटा ध्रुवको नेतृत्व एमाले र अर्को ध्रुवको नेतृत्व कांग्रेसले गरिरहेको पनि उनले बताए ।
    उनले संवैधानिक निकाय राजनीतिको पक्षधरतामा नपरोस् भन्ने एमालेको धारणा रहेको बताउँदै नेकपा (एमाले) ले एकीकृत समाजवादीलाई राजनीतिक मान्यता नदिएको उल्लेख गर्दै उनले मान्यता पाएका कुनै पनि दलसँग ठाउँ विशेषमा गठबन्धन गर्न पार्टीलाई आपत्ति नरहेको जनाए ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट