Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

आफ्नै खुट्टामा उभिएर चुनाव जित्नुपर्छः प्रचण्ड

आफ्नै खुट्टामा उभिएर चुनाव जित्नुपर्छः प्रचण्ड

  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको रक्षाका लागि आफ्नै खुट्टामा उभिएर निर्वाचन जित्नुपर्ने बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    आज सिन्धुलीमाढीमा माओवादी केन्द्र सिन्धुलीको भवन उद्घाटनपछि सम्बोधन गर्दै देश, जनता, संविधान र लोकतन्त्रको रक्षाका निम्ति आफूहरूले निर्वाचनमा विजयी हुनुपर्ने बताए । यदि आफूहरूले हारे नेपाली जनता, नेपाल राष्ट्र र माओवादी केन्द्रलाई हानी हुने भएकाले जसरी पनि जित्नुपर्ने उनको तर्क छ ।

    AGNI GROUP

    उनले भने,‘खतरा अझै टरेको छैन, हामीले अझै जितेका छैनौँ, प्रतिगमनकारीहरू माओवादी केन्द्रलाई सखाप पार्ने षड्यन्त्रमा रहेकाले घर–घरमा गएर जनतामाझ जोडिन आग्रह गर्दछु ।’ जनयुद्ध र जनआन्दोलनमा गाँस काटेर हामीलाई पाल्ने जनतामा जोड्ने गरी अभियान थाल्न निर्देशन दिए । 

    उनले भने,‘साथीहरू यो निर्वाचनलाई सानो नठान्नुहोला, हामीले हायाैँ भने संविधन र गणतन्त्र नै हार्नेछ, जनयुद्ध र शान्ति प्रक्रियाले नै हार्ने भएकाले यो निर्वाचन जसरी पनि हामीले जित्नैपर्छ ।’ एमालेले सत्य तर्कबिना संसद् चल्न नदिएको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले अझै पनि अध्यक्ष प्रचण्डले ‘रिल्याक्स’ गर्ने अवस्था नआएको बताए । 

    ‘समाजवादको यात्रामा जान जसलाई नायक बनाउन लागियो उनी नै खलनायक भए’ उनले भने, ‘मुलुकमा गणतन्त्र विरोधीहरू अझै सक्रिया भएकाले सचेततापूर्वक अधि बढ्न आग्रह गरे । सिंहदरबारलाई गाउँ–गाउँमा पुर्‍याउन हामीले संविधान बनायौँ ।’ अध्यक्ष प्रचण्डले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउन हजारौँ नेपाली जनताका छोराछोरीले रगत बगाएको स्मरण गराए । 

    नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको शान्ति सम्झौतापछि मुलुकमा सङ्घीयताको ढोका खुलेको उनले बताए । मुलक सङ्कटमा परे त्यो शान्ति सम्झौतामा हस्ताक्षर गरेको नाताले देश र संविधानको रक्षा मैले गर्नुपर्छ ।’ उनले भने ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट