Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

स्थानीय आवश्यकताका आधारमा गठबन्धन  

स्थानीय आवश्यकताका आधारमा गठबन्धन  

  •  

    onlinepatrika
    Arghakhachi

    काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले स्थानीय आवश्यकताका आधारमा केन्द्रमा सत्ता गठबन्धनमा रहेका दलहरुबीच गठबन्धन हुनेनहुनेबारे स्थानीय आवश्यकताका आधारमा तय हुने बताएका छन् । 

    AGNI GROUP

    आइतबार नेपाल प्रेस युनियन सल्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आउने स्थानीय चुनावमा केन्द्रमा सत्ता गठबन्धनमा रहेका दलहरुबीच गठबन्धन हुन्छ कि हुँदैन भन्ने बारे बोल्दै स्थानीय आवश्यकताका आधारमा पनि गठबन्धनको तय हुने बताएका हुन् । 

    यस्तै, उनले नेपाली कांग्रेसको यही ११ गते बस्ने बैठकले गठबन्धन हुने नहुनेबारेमा सिद्धान्त तय गर्न सक्ने पनि बताए । 

    साथै प्रवक्ता महतले नेपाली काँग्रेसले चैत्र महिनाभित्रै स्थानीय तहको उम्मेदवारी टुंग्याउने जानकाारि पनि गराए ।

    उनले विगतमा भए जस्तो उम्मेदवारी दिने अन्तिम दिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति यसपटक नरहने बताउँदै चैत्र महिनाभित्रै उम्मेदवारको टुंगो लगाउने कोशिस गर्ने बताए । 

    विधानले नै पार्टीका तर्फबाट विभिन्न तहका निर्वाचनमा उठाइने उम्मेदवारहरूको टुंगो लगाउन केन्द्र, प्रदेश, जिल्ला र  पालिका तहमा संसदीय समितिको व्यवस्था गरेको बताउदै प्रवक्ता महतले आगामी स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारहरूको टुंगो सोही अनुसार चैत्र महिनाभित्रै लगाइसक्ने बताए । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट