Jun 06 2026 | २०८३, जेठ २३ गते
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले वार्ताका माध्यमबाट सफलता हासिल नभए रुस–युक्रेन युद्ध अन्ततः तेस्रो विश्वयुद्धमा परिणत हुने बताएका छन् ।
आइतबार अमेरिकी न्यूज च्यानल ‘सीएनएन’सँग कुरा गर्दै जेलेन्स्कीले आफू रुसी समकक्षी भ्लादिमिर पुटिनसँग वार्ताका लागि तयार रहेको पनि बताए । उनले युद्ध समाप्त गर्ने एकमात्र तरिका वार्ता नै रहेको प्रस्ट पारे ।
जेलेन्स्कीले भने, ‘मलाई लाग्छ, हामीले वार्ताको सम्भावनाका लागि कुनै पनि प्रारुप, कुनै पनि अवसरको उपयोग गर्नुपर्छ ।’ यद्यपि जेलेन्स्कीले रुसको प्रायोजित पृथकतावादी क्षेत्रलाई स्वतन्त्र क्षेत्रका रुपमा मान्यता दिनुपर्ने कुनै पनि सम्झौता अस्वीकार्य रहेको प्रस्ट पारे ।
उनले युक्रेन नेटो संगठनको हिस्सा भएको भए यो लडाइँ सुरु नै नहुने पनि बताए । उनले भने, ‘यदि नेटोका सदस्यले हामीलाई गठबन्धनमा सामेल गराउन चाहने हो तुरुन्त गरुन् किनकि यो युद्धमा दैनिक मानिसको मृत्यु भइरहेको छ ।’
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij