Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

समाजवादीबाट गएका मन्त्रीहरू हेरफेर नहुने

समाजवादीबाट गएका मन्त्रीहरू हेरफेर नहुने


  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीबाट सरकारमा गएका मन्त्रीहरू हेरफेर नहुने बताएका छन् । 

    onlinepatrika
    Arghakhachi

    सोमबार साँखुमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष नेपालले पार्टी मन्त्री हेरफेर गर्ने पक्षमा नरहेको बताएका हुन् । उनले गलत र नियोजित रूपमा हल्लाको पछि नलाग्न कार्यकर्तालाई आग्रहसमेत गरे ।

    AGNI GROUP

    गलत र नियोजित रूपमा हल्ला फिँजाइएको बताउँदै, अध्यक्ष नेपालले भने, ‘बाहिर आएको हल्लाको पछि नलाग्नुस् । मन्त्रीहरूलाई निकाल्दैछन्, नयाँ पठाउँदैछन् भन्ने हल्ला नपत्याउनु ।’ 

    केही दिन यता एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरू फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने तयारी गरेको समाचारहरू सार्वजनिक भइरहँदा पार्टी अध्यक्ष नेपालले त्यसमा सत्यता नभएको बताएका हुन् । 

    यस्तै उनले आफ्ना पार्टीबाट सरकारमा रहेका दुई मन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको समाचारहरूमा पनि सत्यता नभएको दाबी गरे ।
     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट