Jun 16 2026 | २०८३, असार २ गते
काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीे स्थानीय तहको निर्वाचनमा एक्लै निर्वाचनमा जाने भएको छ ।
जनमत पार्टीका नेता बीपी साहका अनुसार स्थानीय तहको निर्वाचनमा जनमत पार्टीले केन्द्र स्तरबाटै कुनै पार्टीसँग गठबन्धन नगरी एक्लै निर्वाचनमा जाने हो ।
केन्द्रीय तहबाटै कुनै पार्टीसँग गठबन्धन नगरि एक्लै चुनावमा गएर पनि धेरै राम्रो नतिजा ल्याउनेमा विश्वस्त रहेको बताउँदै नेता साहले स्थानीय तहको निर्वाचनमा जनमत पार्टीले केन्द्र स्तरबाटै कुनै पार्टीसँग गठबन्धन नगर्ने बताएका हुन् ।
नेता साहका अनुसार स्थानीय तह निर्वाचनका लागि अभियानमा जनमत माटो यात्रामा तीव्रता दिएको छ । स्थानीय तह चुनाव केन्द्रित ’जनमत माटो यात्रा’का क्रममा अध्यक्ष राउत किसान, आम सर्वसाधारण तथा मतदातासँग प्रत्यक्ष रूपमा भेटघाट गर्ने जनाएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij