
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले गरेका काम बारेमा जनतालाई जानकारी बताएका छन्। कांग्रेस व्यास नगरपालिका–२ ले आज दमौलीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसले सरकारको नेतृत्व गर्दा गरेका कामका बारेमा जनतालाई जानकारी गराउनु पर्ने बताए ।
उनले भने, ‘विपक्षी दलहरूले जनतालाई भ्रममा पार्ने कोसिस गरिरहेका छन्। त्यस्ता भ्रमलाई कांग्रेसले चिर्नसक्नुपर्छ।’नगरपालिकाभित्र बनेका संरचनाले नगर क्षेत्र साँघुरिँदै गएकामा उनले चिन्ता व्यक्त गरे।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij