Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

काठमाडौंसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौंसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

  • काठमाडौं । बिहान काठमाडौं उपत्यकासहित मुलुकका पहाडी भूभागमा बदली रहेको छ। गयराति काठमाडौंका केही क्षेत्रमा वर्षा भएको थियो।

    onlinepatrika
    Arghakhachi

    स्थानीय वायु, भारतको उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथर भूभागसम्म बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुका कारण बदलीसँगै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पहाडी भूभागका केही र तराईका एक(दुई  स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

    AGNI GROUP

    राति प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई  स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    बिहीबार पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ। राति प्रदेश १, मधेश, बागमतीका केही र बाँकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij